धरान,सुनसरी १० पुसः जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरिसकेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकोले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको बताउँ छन् । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन। उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट  घरखर्च जुटाउने गरेको जानकारी दिएकी हुन् । भक्का प्रतिगोटा रु २० दरले बिक्री गर्ने गरेको छ ।  , “भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छन्। उनको अनुसार स्थानीयहरु मर्निङ वाक गर्नेहरु प्राय भक्का खाएर जानुहुन्छ। धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाए । “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।

”धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताएकि छन् । उनले , “जाडो सुरु भएपछि  भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उनले बताइन् । उनका अनुसार दैनिक औसतमा रु  चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ ।