धरान / पूर्वको लोकप्रिय फुटवल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं संस्करण यही  माघ दोश्रो साता देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गरि  २५ औं संस्करण माघ १९ गतेदेखि सुरु हुने जानकारी दिए  । धरान–१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारत र भुटानको दुई क्लबसहित १० टिम सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामङ्गले जानकारी दिनु भएको छ । गत बर्ष नाफा कमाएको क्लवले यो बर्ष पनि नाफा कमाउने लक्ष्य लिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न मा  ८० लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । भने एक करोड दुई लाख २५ हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष प्रताप तामाङले जानकरी दिनु भयो । खेल अवधीमा प्रवेश शुल्कको भने हिसाव गरिएको छैन् । अगत बर्ष १० लाख टिकटबाट संकलन भएको आयोजकले जनाएका छन् । एन्फा खेल सूचिमा गोल्डकप  ९‘क’ श्रेणी० को मानिएको प्रतियोगिताको मुख्य प्रायोजक टुर्वोग र संयोजन धरान उपमहानगरपालिका रहेको क्लवका महासचिव नविन राईले जानकारी दिनु भयो । टुर्वोगले १२ लाख र धरान उमपहानगरले १० लाख दिने भएको छ । यस्तै कोशी प्रदेश खेलकुद विकास बोर्डले पनि १० लाख बजेट विनियोजन गरेको आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५/२५ हजार पुरस्कार पाउने भएका छन् ।

प्रतियोगितामा गत बर्षको विजेता एनआरटि क्लब काठमाण्डौ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब , २०७३ सालको विजेता नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, यूके एफसी (भारत), मच्छिन्द्र क्लब काठमाडौं, कांकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिनु भएको छ ।  क्लवले २५ औं संस्करण पुगेको अवसरमा स्मारिकतासमेत निकाल्ने तयारी गरेको छ । निरन्तर प्रतियोगिता गदैं आएको धरान फुटवल क्लवले खेलाडी उत्पादन गरेर राष्टिय स्तरमा सहभागिता जनाउन भने सकेको छैन् । २४ वटा संस्करणमा ५ पटक फाइनलमा पुगेको धरानले प्रतियोगितामा खेलाडी अन्य क्लवबाट लिएर खेल्दैं आएको छ ।  यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी गरिएको क्लवका महासचिव राईले बताए । २०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता एक वर्ष ग्याप भएको थियो भने त्यसपछिका वर्षहरुमा दुखसुख प्रतियोगिता निरन्तर रुपमा हुँदै आएको छ । यो बर्ष प्रतियोगितालाई उत्सवको रुपमा सम्पन्न गर्ने आयोजकले जनाएको छ।