काठमाडौँ,प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि बसेको छ । यसअघि सार्वजनिक लेखा समितिको बैठक भदौ ९ मा बसेको थियो । आजको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजु छलफलको प्रगति समिक्षासम्बन्धी विषयमा छलफल भएको हो। समिति सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३३ औँ बैठक भएको र यसबीचमा विभिन्न उपसमितिका एक सय १२ बैठक बसेको जानकारी दिएका छन्  । उनले लामो समयदेखि भुक्तानी गरेको तर बेरुजु फर्छ्यौट नभएको र गुनासो समितिमा आएकाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमाथिको छलफल सक्नुपर्ने बताए ।