काठमाडौं, नेपाली बजारमा सुनको मूल्य तोलाको२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार प्रतितोला १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो। भने आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको हो। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।