विराटनगर,बुढीगंगा, मोरङ आज मिति २०८१/०९/०७ गते १३:३० बजे जिल्ला मोरङ बुढीगंगा गा.पा. वडा नं ४ स्थित निमुवा चोकमा सवारी दुर्घटना भएको छ।ईटहरीबाट धान लोड गरी विराटनगर तर्फ आउँदै गरेको ट्र्याक्टरलाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश ०१-०४-००१च ०५८३ नं.को कारले ओभरटेक गर्न लाग्दा ठक्कर दिँदा सो कार पल्टिन गई दुर्घटना भएको थियो। दुर्घट्नाको कारण मानवीय क्षती केही नभएको र दुवै सवारी साधनका चालकहरू सकुशल रहेको प्रहरी स्रोतले जनाएका छन्। भने ट्र्याक्टर र कार प्रहरी चौकी निमुवाको नियन्त्रणमा रहेको छ।
(फुलु प्रधान)




















