विराटनगर,वरिष्ठ होमियोपेथिक चिकित्सक डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल होमियोपैथिक चिकित्सक संघको केन्द्रीय कार्यालय विराटनगरले शनिवारदेखि आयोजना गरेको दुई दिने नेपाल भारत होमियोपैथिक बैज्ञानीक स्वास्थ्य शिखर सम्मेलनमा डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ प्रदान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल होमियोपैथिक चिकित्सक संघ विराटनगरका केन्द्रीय अध्यक्ष डा. रविन्द्र रायले डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेका छन् ।
सम्मेलनमा डा. मो. सबिर खाँ र डा. प्रेमनारायण श्रीवास्तवलाई गोल्डेन सर्भिस अवार्ड, डा. निवाज अहमदलाई लेगेसी अफ एफसिलेन्स अवार्ड र गोपाल गुप्ता, सकलदेव मण्डल र लेखनाथ भट्टलाई अनर अफ डेडिकेशन अवार्ड प्रदान गरिएको छ । आइतबारसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका गरी ३ सय भन्दा बढी होमियोपैथिक चिकित्सकहरूको सहभागिता रहेको थियो।भने भारतको मुम्बईबाट सम्मेलनमा सहभागिता जनाएको होमियोपैथिकका क्यान्सर रोग विशेषज्ञ डा. फारुक जी मास्टरले क्यान्सर रोग र यसको उपचार पद्धतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ । नेपाल होमियोपेथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरका सचिव डा. चन्द्र शर्मा दुलालले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन समारोहमा संघका महासचिव डा. रवि रायले संघको माँग कोशी प्रदेश सरकार समक्ष राखेका थिए ।




















