कविता ----   प्रश्न छ मान्छेलाई? 



प्रत्येक मान्छेलाई

नियालेर हेर्दा 

कति फरक

सोच विचार 

विवेक छ।

कोहि मान्छे

सहयोगि

उपयोगिछन्

तर

सत्ता सदन

देखेर मन छटपटिएको छ

इमान्दारी हराएको

देश अंशवण्डामा ठेलिएको

कमिसनमा जेलिएको

भ्रष्टाचारले खोक्रो पारिएको

परतन्त्र मुलुक हुदैगएको

अत्याचारले पिल्सिएको

वेथितिले लथालिङ्ग भएको  

स्वाभिमान बेचिएको

मान्छेहरू 

गन्तव्यहिन भएको 

कति हेर्नु 

टुलुटुलु

असन्तुष्टि 

मनभरि लिएर

उम्लिएर

  ए निर्दयीहरू हो

सत्तामा

गजधम्म छौ ?

अव यो देशमा

कहिले शान्तिको

विगुल फुकिन्छ ?

प्रश्न छ मान्छेहरूलाई  ? 


लक्ष्मी पोखरेल 

विराटनगर  - ३