काठमाडौँ , टोखा नगरपालिका वडा-६ धापासी हाइटमा रहेको महलमा आगलागी धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले स्रोतले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । अहिले घटना स्थलमा प्रहरी र स्थानीयद्वारा आगो निभाउने प्रयास जारी छ। थप विवरण आउन बाकिँ छ ।




















