काठमाडौं, नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरेर सामाजिक सञ्जालमा पाठाइ ठगी गरेको पाहिएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नामबाट पुरस्कार दिने भन्दै स्पाम लिङ्क फैलाइएको छ । स्पाममा प्रयोग गरिएको डोमेन नाम कम्पनीको आधिकारिक डोमेनभन्दा फरक रहेको छ । लिङ्कमा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने छ। साथै विश्वसनीयता बढाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भन्ने झुटो दाबी पनि गरिएको छ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले कम्पनीले हाल कुनै क्रिसमस योजना ल्याएको नभएको पुष्टि पारेका छन् । उनले टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक संजाल अकाउन्ट र वेबसाइट हेर्न आग्रह गर्दै यस्ता झुटो कुरामा नलाग्न समेत बताए। साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुनसक्छ । लिङ्कमा क्लिक गरेमा ह्याकरले बैंक खाता, पासवर्डलगायत संवेदनशील विवरणहरू चोर्न सक्ने जोखिम रहेको छ। यस्ता जोखिमबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्न, आधिकारिक डोमेन मात्र प्रयोग गर्न र अनावश्यक अफरहरूबाट सचेत रहन सुझाव दिइएको छ ।




















