Bee Rain 

(भारत को दिल्ली )


म उज्ज्यालो शहरको अध्यारो कोठामा 

औशीको मध्य रात

धिपधिपे टुकी बालेर छरिएका र हराएका 

ससाना सपनाका टुक्राहरू 

च्यातिएको मेरो सिराने मुनि 

खोजिरहेछु !


ती सपनाहरुमा 

एकछाक खाने चामल 

एउटा कसौडी 

एउटा कराही

एक जोडी डाडु त पन्यु 

एउटा ओदानो

एउटा गाग्रो पानि 

एउटा थाल 

एकमुठी दाल 

एउटा सलाई 

अलिकति दाउरा 

अनि कोठा भरि खुशी थे

खै भेट्नै सकिन 

तपाई कसैले देख्नु भो कि ?

कृपया देखाई दिनु होला 

आधा आधा बाडौला नि !