श्रीबहादुर केसी शैलुङ्गे

        भक्तपुर

कविता -:आदीम मान्छे



तिमी अाउनु पर्छ

अनमत्त रुप लिएर 

भ्रष्टहरुकाे सामना गर्दै

असत्यकाे बाटाे छाेडेर

फिजाएर जाल जसरी

पन्छाएर सिस्नु घारी

पसुपतीकाे साढे बनेर

हाँसेर सेता हिमाल जस्तै

गुनगुनाएर शब्द शब्दमा

हाे तिमी अाउनु पर्छ

तिमी एक अादिम मान्छे।

•••••••••••••••••••••••• 

समयकाे विगुल फुकेर

दमनकाे घाेडा चढेर

उत्सव मनाउदै विजयकाे

हरेक वसन्त पार गर्दै

समेटेर अथक प्रयास हरु

थाक्नु हुन्न ती तनहरु

इमानताकाे फूलबारीमा

मगमगाएर सुवास हरु

राखेर हृदयकाे कुनेटाेमा

भाेकाे पेटहरुकाे माझमा

नाङ्गा अाङहरुलाइ ढाक्दै

पुर्व,पश्चिम राजमार्गको 

छेवाई छेउहुदै अाउनु तिमी  

भूमिकाे रक्षाकाे खातिरमा 

कृषककाे पसिनाकाे मूल्य ताेक्दै

राष्ट्र र राष्ट्रियताकाे पगरी गुथेर

अविलम्ब विस्वासीलो मन बाेकी

प्रतिज्ञाकाे हरपल कुरेर चाेैतारिमा

हाे तिमी अाउनु पर्छ स्वर्णिम याे

वस्तिहरुकाे माझमा सदासर्वदा

तिमी एक अादिम मान्छे।