विराटनगर, ११ स्थित साकेला थानमा भव्यताका साथ किरात समुदायले उधौली  पर्व अर्थात्  चासोक तङ्नाम  मनाएका छन्।

किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर समिति साथै किरात राई यायोख्खाको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी  आइतबार उधौली पर्व मनाइएको छ।

पाकेको  नयाँ अन्न बाली प्रकृतिलाई चढाएर लिम्बू समुदायले  धान नाच, च्याब्रुङ नाच लगायतका नृत्य प्रस्तुत गरिएको  थिए। यस्तै राईहरूले साकेला नाचेर उधौली पर्व मनाए। 

थातथलो छोडेर विराटनगर बसोवास गर्ने राई, लिम्बुले वर्षै वर्ष उभौली र उधौली पर्व मनाउँदै आइरहेका छन्।