भूपाल अधिकारी


मुक्तकहरू 

मान्छे नै हो कि कठपुतली उसलाई थाहा छैन्

आफु मालिक हो या हली उसलाई थाहा छैन् 

व्यासमा बसेर बताउँछ अरूको जीवनी सधैँ,

तर आफ्नै जन्म कुन्डली उसलाई थाहा छैन् ।


भयानक तिम्रा दृष्टिमा म एक सुक्ष्म सिन्का हुँ

कुनै बेला काम लाग्ने गरिबको घरको पिर्का हुँ

विषहीन सर्पझैँ खेलाची गर्दै नजिस्काऊ मलाई  

म सुकेको पातमा खसेको आगाको झिल्का हुँ।


मेरो स्वाभिमानलाई किन पार्छौ खण्ड खण्ड बताई देऊ

भन के का लागि किन गर्छौ यति धेरै घमण्ड बताई देऊ

हे अरू चाहिँ तुच्छ तर आफु चाहिँ महान् ठान्नेहरू हो

साँच्चै के के छन् साहित्यकारका मापदण्ड बताई देऊ।