इषप्रन श्री इन्द्र
मृत्युको अन्तिम क्षणबाट
तिमीलाई बचाउन पाउँदा
जीवनको सर्वोपरि सफलता
मानेको यो हृदय ...
बहकाउ र लहडमा
तिमी बदलिएर
सम्झनै सक्दिन खै के सम्झियौ...
खै के बुझ्यौ....
आजभोली समय सङै
फेरिए सायद समयहरू...
मेरा आँसुले भिजेका तिम्रो पछ्यौरा सुक्यो?
तर मेरो नजरमा यादहरू
बाटो बनेर सुनेका छन।
तिमीले सहजै भुलेको
ती दिनहरू...
सम्झन नपरोस लाग्ला.....
तर.मलाई ती त्रास र याद
नमिठा क्षणहरू
डरपोक बनेर अल्झिरहेछन...
परेलि किनारमा...
भगवान सङ यही आरधना
तिमी कहिल्यै
फेरी अस्वस्थ हुन नपरोस
प्यारो मान्छे
लभ यू जिन्दगी...




















