शारदा कार्की द्वारा लिखित शोककाव्य आमा लोकार्पण भएको छ
- मंसिर ३०, २०८१
- ३६३ पटक पढिएको
विराटनगर ,छन्दवाटिका नेपाल ,विराटनगरको आयोजनामा आयोजित एक भव्य कार्यक्रममा बीच कवि शारदा कार्कीको शोककाब्य 'आमा'को लोकार्पण भएको छ । छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको सभापतित्वमा र प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि , आयोजक संस्थाका अध्यक्ष र अतिथिहरूले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गरेका थिए । समीक्षक प्रा भूषण ढुङ्गेलले विमोचित कृतिको समीक्षा गरेका थिए ।कृतिको बारे बोल्दै उनले भने ' शारदा कार्कीले उनकी आमाको समर्पणमा लेखेको यो कृति सुन्दर छ। 'उनले कृतिका बिभिन्न श्लोकहरूको उदाहरण दिदै कृति छन्दमा बगेको र पठनीय रहेको बताए । प्रमुख अतिथि गङ्गा सुवेदीले यो कृति प्रकाशन गरेर कविले हामी सबैलाई आमाप्रतिको श्रद्धा भाव जागृतिका निम्ति स्मरण गराएको बताइन् । छन्दवाटिकाका अध्यक्ष हरि कट्टेलले कवि शारदा कार्की विराटनगरमा समर्पित भएर छन्दोबद्ध कविता लेखनमा लागेको पाएको र छन्दोबद्ध सिर्जना र सर्जकलाई मञ्च दिने र थप प्रोत्साहित गर्ने संस्थाकाो उद्देश्य रहे अनुरुप यो कृति विमोचनको कार्यक्रम आयोजना गरिएको बताए । उनले थपे 'कवि शारदा विराटनगरमा देखिएकी छन्दमा आसलाग्दी नारी स्रष्टा हुन ; उनले अझै आफूलाई परिस्कृत गर्दै यसै गरी मेहनत गरिन् भने यो फँटमा उनको भविष्य राम्रो छ। ' कार्यक्रममा विशिष्ट अतिथि कविराज न्यौपाने ,झापाका कवि तुलसी भट्टराई, गजलकार मधु पोखरेल,देबी पन्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए । छन्दवाटिका सदस्य कविता चापागाईंको स्वागत मन्तब्य रहेको यस समारोहमा झापाका कवि दूर्गा सिग्देलले विमोचित कृति भित्रबाट केही श्लोक कविता पनि वाचन गरेका थिए ।कार्यक्रम लेखनाथ वाचनालय विराटनगरको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा झापा मोरंग सुनसरीका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।




















