बिराटनगर,३स्थित रहेको प्रतिबद्ध सहकारीको साधारण सभाले नर्मदा दाहाल लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । सहकारीको साधारण सभाले दाहाल सहित कार्यसमिति निर्विरोध चयन गरेको हो । बिगत १४बर्ष देखि संचालन रहेको सहकारी को संस्थापक अध्यक्ष नगेन्द्र प्रसाद ढकालले राजिनामा दिए पछी सभाले नयाँ कार्य समिति चयन गरेको हो। सत्तरी लाख बढी रकम कारोबार गरिरहेको संस्थाले स्थानीय रूपमा आम सदस्यहरूलाई सकारात्मक शिक्षा र आवश्यक आर्थिक कर्जा बितरण गरिरहेको कुरा संस्थाका संस्थापक उपाध्यक्ष इन्द्र नेउपानेले बताएके छन।
सामाजिक गतिबिधीमा सहजकर्ता बनेको सहकारी गतिबिधी सञ्चालनमा सहकारीले आफूलाई जिम्मेवार बनाएकोमा गौरव गर्दै नव नियुक्त अध्यक्षले आफ्नो टिमले सहज काम गर्ने बताएकी छन । सहकारीले आउने सत्रमा स्थानीय बालबालिका र महिलाहरूको स्वास्थ्य र अनेकन समस्यामा तालिम र जानकारी मुलक कार्यक्रम संचालन गर्ने योजना पारिवारिक अध्यक्ष ढकालले बताएका छन । उक्त कार्यक्रम मा सहकारीले सबै पूर्व कार्य समिति सदस्यहरूलाई मायाँको चिनो दिएर सम्मान गरेको थियो।




















