मोरङको लक्ष्मीमार्गा स्थित धार्मिक बन क्षेत्रमा रहेका धार्मिक मठ मन्दिरमा उत्सव,  पुजा र कुल आरधनाहरू भइरहेका छन।धार्मिक पर्यटन क्षेत्र बनाउने उधेश्यले सामुदायीक बनमा स्थापना गरिएका  धार्मिक क्षेत्रहरू दिनानुदिन  अझ लोपृय बन्दै आएका छन ।उक्त सामुदायीक  बनका अध्यक्ष  सुजय गौतमको अनुसार यस क्षेत्रलाई धार्मिक पर्यटन  क्षेत्र बनाउने स्थानिय सबै तहको मनो इच्छा रहे अनुसार काम भैरहेको छ ।

नेउपाने कुलवंशको दिवाली स्थलमा पुग्नू भएका स्थानिय संघिय सासद सुनिल शर्मा (नेउपाने)  यो क्षेत्र धार्मिक पर्यटन क्षेत्र बनाउन आफ्नो पनि पहल हुने बताउनु हुन्छ।कार्यक्रममा सहभागिहुन काठमाञ्ठौबाट आउनु भएको होटल ब्यवसायी रूद्र नेउपाने ले बताउनु भयो स्थानिय सरकारको पहल अझ बढ्न सके यो ठाउँ राम्रो पर्यटन  स्थल बन्न सक्छ। 

कुल पुजाकै लागि अमेरिकाबाट आइ पुग्नु भएको नगेन्द्रमणी नेउपाने बताउनु हुन्छ-मानिसलाई आष्थाको अनुशासनले  असल बनाउन मद्दत गर्छ यो धार्मिक  बन अत्यान्तै उपयोगी छ ।कुलबन्दु समाजका मोरङ अध्यक्ष  नारायण नेउपाने लगाएत बिमिन्न संस्थाका प्रतिनीधी र सर्वसाधारणको बाक्लो उपस्थित रहेको नेउपानेहरूको यो  कार्यक्रम स्थल वर पर  अन्य जाती र थरका  पुजा ,दिवालीले बन झपक्क ढाकेको मौसम रहेक  छ यो बेला स्थानिय सरकार, प्रदेश र संघको राम्रो सहयोग प्राप्त भए  लक्षमी मारेग सामुदायीक बनकच यो क्षेत्र पूर्वमा एउटा महत्वपूर्ण धार्मिक  क्षेत्र बन्ने स्थानियहरूकच राय रहेको देखिन्छ।

                                      WhatsApp Image 2024-12-10 at 10.54.49 AM (1)