विराटनगर।मैथिली एसोसिएशन नेपालले प्रदान गर्न लागेको मान इन्टरनेशनल अवार्डको तयारी पुरा भएको छ । मैथिली एसोसिएसन नेपाल केन्द्रिय कार्यसमिति विराटनगरका अध्यक्ष एवं मैथिली अभियान्ता प्रविण नारायण चौधरी, उपाध्यक्ष आभा अनुपमा महासचिव, राकेशकुमार देव र कार्यक्रम संयोजक एवं राष्ट्रिय गायक विरेन्द्र झाले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यही मंसिर १५ गते शनिबार प्रदान गर्न लागिएको मान इन्टरनेशनल अवार्डको तयारी भएको बताएका छन्।मैथिली एसोसिएशन नेपालका अध्यक्ष एवं मैथिली अभियान्ता प्रविण चौधरीले नेपाल र भारतका गरी ६० जनालाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको बताए । अवार्ड वितरण कार्यक्रममा ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनरबाट सम्मानित गर्ने तयारी गरेको उनले बताएका हुन्  ।

मैथिली एसोसिएशन नेपाल केन्द्रिय कार्य समिति विराटनगरले यही मंसिर १५ गते शनिबार विराटनगरको होटल स्वागतममा भव्य समारोहको आयोजना गरि मान इन्टरनेशनल अवार्ड वितरण गर्न लागिएको चौधरीले बताए ।