काठमाडौं,अपेनका स्थानीय नगरसमितिहरु द्वारा आयोजना गर्न लागेको प्रथम किन्डर ओलम्पिक कार्यक्रम मा शुभकामना स्कूल ,गोकर्णेश्वर ४ ले सहभागिता जनाउने भएको छ। विद्यार्थीहरूको चौतर्फी विकाशमा क्रियाशील यस विद्यालयले संगीत , नृत्य , मार्शल आर्ट , प्रयोगात्मक ,परियोजना कार्य लगायतका माध्यम बाट बाल मैत्री ढंगबाट शिक्षा दिंदै आएको छ। गोकर्णेश्वर क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा आफुलाई स्थापित गर्न क्रियाशील यस विद्यालयमा मन्टेश्वरी शिक्षण माध्यमबाट पढाइ हुने गर्दछ। यसका संस्थापक प्रकाश अधिकारीका अनुसार यस विद्यालयले साना साना नानिबाबुहरुलाइ विभिन्न कार्य गरेर शिक्षा दिदै आएको छ। यही माघ १९ गते सातदोबाटो स्थित आर्मी एकेडेमी मा हुन गइरहेको ओलम्पिकमा आफ्ना नानी बाबु लाइ भाग लिन लगाएर प्रतिस्पर्धी र क्षमतावान बनाउने बताएका छन् ।




















