विराटनगर । डेडिकेटेड र ट्रंक लाइनको विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेको हो र

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटिएको छ।

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योगका लाइन कट्ने तयारीमा छ । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने भन्ने अडान लिएर बसेका थिए।

नेपाल बिद्युत प्राधिकरण विराटनगर,वितरण केन्द्र प्रमुख सरोजकुमारका अनुसार बाबा जुटको लाइन बिहीबार साँझ काटेको  छ  । रघुपतिले अदालतबाट अन्तरिम आदेश लिएका कारण काट्न नमिलेको हो । यसैगरी प्राधिकरण कोशी प्रदेशका प्रमुख उमेशकुमार झाका अनुसार सात उद्योगमध्ये दुईवटाको लाइन काटिएको छ । बाँकी  भने अदालत अंकुश प्रयोग भएकोले रोकिएको छ ।

बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालेको थियो। त्यसमध्ये सुनसरी मोरङ करिडोर अन्तर्गत बाबा जुट मिलको लाइन काटेको छ । अर्को धनकुटाको निगाले सिमेन्टको काटिएको छ । त्यस बाहेक रघुपति जुट मिल, उदयपुर सिमेन्ट, इटहरीको रिलायन्स स्पिनिङ्ग मिल्स, दुहवीको अरिहन्त मल्टीफाइबर र अरिहन्त पोलिप्याक उद्योगले अदालतबाट लाइन तत्काल नकाट्ने  बताएका छन् ।

प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटेको छ । जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जानकारी दिएको हो।

पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक बिहीबारसम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडान उद्योगीहरुको रहेको छ ।