विराटनगरमा/ आयोजित एक कार्यक्रममाबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गर्नुभयो । १६ लाख पर्यटक भित्र्याउने योजनासहित 'रमणीय कोशी' भन्ने नाराका साथ घोषणा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र प्रभावित भएको चर्चा गर्दै 'हामिले अब यी प्रतिकुलताहरु लाई छिचोल्दै अघि बढ्नु पर्नेछ, यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरु गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरीरहेको छ, यसको प्रस्थान बिन्दुका रुपमा “ कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई लिन सकिन्छ ।'
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रर्वद्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताएका थिए।
पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामू चिनाउन सके कोशी प्रदेश छिट्टै नै संवृद्धिको यात्रामा अघि बढ्ने बताए।
'कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्छ ।' भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'प्याराग्लाइडिङ तथा तमोर तथा कोशी याफ्टिङ जस्ता सहासिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधारलाई बलियो बनाएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले किराँत सभ्यताको उद्गम, जैविक विविधता, प्राकृतिक सौन्दर्यताले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको बताए । लोपोन्मुख रेड पाण्डालगायतका वन्यजन्तुुका कारण पनि कोशी प्रदेश विषेश बनेको पनि चर्चा गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश भ्रमण वर्ष २०८२ सफलताको कामना व्यक्त गर्नुभयो । कोशी प्रदेश पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको भन्दै भरपूर सदुपयोग गर्नुपर्ने बताए । प्रत्येक जिल्ला जिल्लामा धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै तर पर्यटकहरुको आवागमन भने कम रहेको बताए। पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सुझाव समेत दिएका थिए।
कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनु भयो । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ । पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताए । ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गने भनाइ थियो ।




















