विराटनगर। जननिवाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (बी.पी.)को लोकप्रिय कृति ‘एकरात’ को आज सुशीला कोइराला नाटकघर गुरुकुल, हाटखोलामा भव्यताका साथ शुभ साइत सम्पन्न भयो ।
विराट फिल्मस्, विराटनगरको प्रस्तुती रहेकाे कथानक चलचित्रकाे निर्देशक इन्द्र परियार र राजकु कुमार कार्की रहेका छन् । यसकाे परिकल्पना प्रदिप दाहालको रहेको छ । ध्रुव उप्रेती यसका सल्लाहकार रहेका छन् ।




















